दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा ज्वेलुक्कास
२०८२ कार्तिक २१ शुक्रबार
- युएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) का दिन दुल्स्को भिलेज , दुबईमा आयोजना हुने तय गरिएको छ ।
काठमाडौँ, २१ कार्त्तिक । युएईमा रहेका नेपाली समुदायबीचका फुटबल क्लबहरूमध्ये धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र युएई नेपाली फुटबल संघको संयोजनमा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा ज्वेलुक्कास (Joyalukkas) रहने भएको छ ।
हिजो (बिहिवार) सो सम्बन्धी सम्झौता संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र ज्वेलुक्कासका जनरल म्यानेजर मरिश कर्णबीच सम्पन्न भएको हो ।
युएई-नेपाल फुटबल एसोशियसनका सचिव सरोज उप्रेतीका अनुसार, ''युएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) का दिन दुल्स्को भिलेज, दुबईमा आयोजना हुने तय गरिएको छ ।''
करीब १८ वटा नेपाली क्लबहरूबीच हुने यो प्रतियोगिताको गत वर्षको संस्करण लमजुङ फुटबल क्लबले जितेको थियो ।
सचिव उप्रेती भन्छ्न् - ''अहिले विश्वका विभिन्न देशमा नेपाली प्रवासी बढेसङ्गै नेपाली समुदायबीच खेलकुद, विविध सांस्कृतिक गतिविधि आदि हुने गरेको छ । जसले गर्दा प्रवासी नेपालीहरुमा एक किसिमको बन्धुत्त्व कायम हुन सफल भएको छ ।''
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।