महिला विश्वकप: पाकिस्तानमाथि भारतको शानदार जित

२०८२ असोज २० सोमवार
सारांश
  • गएराती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गरेको हो ।

काठमाडौँ, २० असोज । जारी महिला क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गरेको हो ।

 

भारतले दिएको २४८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३ ओभरमा अल आउट हुदै १५९ रन मात्र बनाएको थियो । यसअघि भारतले पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २४७ रन बनाएको थियो ।

 

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो । यो जितपछि भारतको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पाकिस्तानले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

 

विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र दक्षिण अफ्रीका खेल्ने तालिका रहको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार