वेस्ट इन्डिजविरुद्ध निलम्बित थिए सन्दीप, क्यानले बतायो नखेल्नुको कारण
२०८२ असोज १५ बुधवार
- सन्दीप लामिछानेको व्यबहारका कारण निलम्बन गरिएको स्पष्ट गरेको छ ।
काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) वेस्ट इन्डिजविरुद्धको सिरीजमा सन्दीप लामिछानेको व्यबहारका कारण निलम्बन गरिएको स्पष्ट गरेको छ ।
सामाजिक सञ्जाल र मिडियामा वेस्ट इन्डिजविरुद्ध सन्दीप लामिछाने नखेलेपछि उठेका प्रश्नको जवाफ दिदै क्यानका सचिव पारस खड्काले पहिलो खेलको ४५ मिनेट अघि सन्दीपले नखेल्ने जानकारी गराएपछि टिममा गम्भीर असर परेको उल्लेख गर्दै त्यसपछि दुई खेलमा सन्दीपलाई निलम्बन गरेको जानकारी दिएका हुन् ।
क्यानको विज्ञप्ति
नेपाल क्रिकेट संघको आयोजनामा नेपाली राष्ट्रिय क्रिकेट टोली र टेष्ट राष्ट्र वेष्ट इण्डिजको राष्ट्रिय क्रिकेट टोलीविच यहि सेप्टेम्बर २७ देखि ३०, २०२५ सम्म युएईको सारजह क्रिकेट मैदानमा पहिलो पटक संचालन गरिएको ऐतिहासिक T20I Series क्रिकेट प्रतियोगितामा सहभागी राष्ट्रिय क्रिकेट टोलीमा समावेश क्रिकेट खेलाडी सन्दिप लामिछाने उक्त प्रतियोगितामा सहभागी नभएको विषयलाई लिएर उठेका विभिन्न चासोका सम्वन्धमा नेपाल र वेष्ट ईण्डिजको राष्ट्रिय क्रिकेट टोलीविच मिति सेप्टेम्बर २७ तारिखका दिन संचालन गरिएको T20I Series प्रतियोगिताको पहिलो खेल शुरु हुनु भन्दा ४५ मिनेट अघि सन्दीप लामिछानेले आफु स्वंयले उक्त म्याच नखेल्ने निर्णय गरेकोमा निजको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको हुँदा टीम म्यानेजमेन्टको सिफारीस अनुसार पहिलो खेल लगत्तै बाँकी २ खेल एवंम नेपाल र वेष्ट इण्डिज विचको T20I Series क्रिकेट प्रतियोगिता अवधिभरको लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
राष्ट्रिय क्रिकेट टोलीको अबको लक्ष्य यहि अक्टोवर ८ देखि १७, २०२५ सम्म ओमानमा संचालन हुने ICC Men's T20 World Cup Asia/ EAP Final प्रतियोगितामा विजयी भई विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुनु रहेकोले सम्पूर्ण क्रिकेट समर्थक एवंम सरोकारवालाहरुलाई राष्ट्रिय क्रिकेट टोलीप्रति निरन्तर समर्थनको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ।
साथै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली र सम्पूर्ण अफिसियलहरु ICC Men's T20 World Cup Asia/ EAP Final प्रतियोगितामा सहभागी हुन आजनै युएईबाट ओमान प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उक्त प्रतियोगितामा उच्च मनोवल बढाउनका लागि हौसला प्रदान गरिदिनुहुन समेत सम्पूर्ण क्रिकेट प्रेमी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।