नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

२०८२ असोज १४ मङ्गलवार
सारांश
  • लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ ।

काठमाडौं, १४ असोज । लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।

 

सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले पारजित गऱ्यो । त्यसअघि शनिबार भएको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।

 

सोमबार टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय अविजित पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए ।

 

त्यसैगरी, सन्दिप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । ३९ बलको सामना गरेका उनले ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यसबाहेक मोहम्मद आदिल आलमले ११ रन जोडेपनि अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

 

धारिलो नेपाली बलिङसामु १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पूरै २० ओभर पनि खेल्न सकेन । उसले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदा केबल ८३ रन मात्र बनाउन सक्यो ।

 

त्यस्तै, ब्याटिङमा चल्न नसकेका आपनर कुशल भुर्तेलले पनि तीन विकेट लिए । केबल २.१ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।

 

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, करण केसी र ललीत राजवंशीले समान एक विकेट लिए । अब नेपालले मंगलबार सिरिजको तेस्रो तथा अन्तिम खेल शारजहामै खेल्नेछ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार