वेस्ट इण्डिज विरुद्ध 'क्लिन स्वीप' गर्ने नेपालको दाउ

२०८२ असोज १४ मङ्गलवार
सारांश
  • यसअघि नेपालले पहिले खेलमा १९ रनले र दोश्रो खेलमा ९० रनको विशाल अन्तरले जित हात पारेको थियो ।

काठमाडौँ, १४ असोज । युएईको शारजाहास्थित शारजाह क्रिकेट रङ्गशालामा आज हुन लागेको टी-२० आई शृङ्खला अन्तर्गत नेपालले वेस्ट इण्डिज विरुद्ध अन्तिम खेल खेल्दै छ ।

 

यस अघि दुवै खेलमा आफ्नो पक्षमा नतिजा हात पारेको नेपालले यो अन्तिम खेलमा पनि जित हात पार्ने दाउमा रहेको छ । आजको खेल जितेमा नेपालले शृङ्खला 'क्लिन स्वीप' गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका ८ बजे शुरु हुनेछ ।

 

युवा खेलाडीले भरिएको वेस्ट इण्डिज नेपाल सामु निरिह देखिएको छ । 'क्लिन स्वीप'बाट जोगिन वेस्ट इण्डिजलाई भएङ्कर दवाव रहनेछ । 'क्लिन स्वीप' गर्नसके टेष्ट राष्ट्र विरुद्ध नेपालको अर्को कीर्तिमानी जीत हुनेछ ।

 

यसअघि नेपालले पहिले खेलमा १९ रनले र दोश्रो खेलमा ९० रनको विशाल अन्तरले जित हात पारेको थियो ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार