आसामविरुद्ध नेपाल ए को फराकिलो जित

२०८२ भाद्र १३ शुक्रवार
सारांश
  • नेपाल ए ले दिएको १७४ रनको लक्ष्य पछाएको आछाम टिमले १५.२ ओभरमा अल आउट हुदै ७७ रन बनाएको थियो ।

काठमाडौँ: नेपाल ए क्रिकेट टिमले भारतको आसाम राज्यको टिमलाई दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल ए ले आसाम टिमलाई ९६ रनले पराजित गरेको हो ।

 

नेपाल ए ले दिएको १७४ रनको लक्ष्य पछाएको आछाम टिमले १५.२ ओभरमा अल आउट हुदै ७७ रन बनाएको थियो ।

 

आसामको ब्याटिंग लाइन ध्वस्त पार्न नेपाल ए का बलर युवराज खत्रीले ४ विकेट लिए भने अहमद बसिरले ३ विकेट लिएका थिए ।

 

यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।  नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ३५ रन बनाएका थिए भने देव खनालले ३१, अहमद बसिरले २७, बिबेक यादवले ८ बलमा २५ रन बनाएका थिए ।

 

यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यस अघि बर्षाले प्रभावित पहिलो खेल आसामले जितेको थियो । अब तेस्रो खेल भोली खेल्ने तालिका रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार