नेपालमा पहिलो पटक ‘नेपाल स्ट्रिट प्रिमियर लिग’ आयोजना हुँदै
२०८२ असार २३ सोमवार
- ‘स्ट्रीटदेखि स्टेडियमसम्मको यात्रा’ भन्ने नारासहित प्रतियोगिता यही आउँदो असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
काठमाडौं : नेपालमा पहिलो पटक डीजीआर स्पोट्र्स एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग ‘एनएसपीएल’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
‘स्ट्रीटदेखि स्टेडियमसम्मको यात्रा’ भन्ने नारासहित प्रतियोगिता यही आउँदो असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
उक्त प्रतियोगितामा सात टोलीहरू सहभागी हुनेछन् । कुल २२ खेलहरू सिंगल राउन्ड रोबिन लिगको आधारमा खेलाइनेछ । लिग चरणको समाप्तिमा शीर्ष चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन टिम खरिद गर्नुपर्नेछ र खेलाडी छनोट अक्सन मार्फत गरिनेछ । आयोजक संस्था डीजीआर स्पोट्र्सका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिएअनुसार प्रतियोगिताको विजेता टोलीले नगद २१ लाख रुपैयाँ, भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
उनका अनुसार, ‘नेपाल स्ट्रिट प्रिमियर लिगमार्फत हामी देशभरिका उदीयमान क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म दिन चाहन्छौं । हाम्रो उद्देश्य भनेको ग्रासरुट क्रिकेटको विकास गर्दै भविष्यका उत्कृष्ट खेलाडीहरू उत्पादन गर्नु हो ।’
यो प्रतियोगिताले नेपालको क्रिकेट विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । प्रतियोगिता र टिम खरिद सम्बन्धी विस्तृत जानकारीका लागि (एनएसपिएल)को आधिकारिक वेबसाइट हेर्न सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारको पाँच महिनाको काम हेर्दा जनतामा पश्चाताप शुरु भयो- विप्लव
-
कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन
-
लगानी बोर्डको सीईओमा विकास अर्थशास्त्री यांकी उक्याब नियुक्त
-
झण्डै ५ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
-
पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदलाई राप्रपाको निर्देशन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।