महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा
२०८२ असार २० शुक्रवार
- स्याङजाका लागि सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २÷२ विकेट लिइन् ।
पोखरा: पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।
स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले फाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अंकका साथ शिर्षस्थान हासिल ग¥यो । स्याङ्जा २ जित १ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदा ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ नवलपुर तेस्रो र ३ खेलमा २ हार १ बराबरी (वर्षाका कारण खेल रोकिएको) सहित १ अंकका साथ पर्वत पुछारमा रह्यो ।
स्याङ्जाले ८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । ५७ रनको सामान्य लक्ष्य पाएको स्याङ्जाको जितमा सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिदैँ आउट हुन पुगे । सलिनाले २३ बलमा २ चौका प्रहार गर्दैै २३ रन र श्रेयाले २८ बलमा १ चौका प्रहार गर्दै १४ रन जोडिन् । ज्योत्सनिका मरासिनी ५ र सिमाना केसी शुन्यमा नटआउट रहिन् ।
नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुङले समान १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रन बनाउँदै अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक बटुल्न सकेनन् । उनले ३२ बलमा २ चौकाको मद्धतमा १७ रन बनाइन् । मोनिका लामिछाने ६, पुर्णिमा सुनार शुन्य, श्रेया गिरी १, निहारिका शर्मा शुन्य, श्रेया शर्मा ७, आयुषा चापागाईँ २, यमुना पंगेनी शुन्य, लिजा गुरुङ ४ र वर्षा सुनार शुन्यमै आउट भइन् । निकिता कुँवर शुन्यमा नटआउट रहिन् ।
स्याङजाका लागि सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २÷२ विकेट लिइन् ।
यस्तै लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । १२४ रनको विशाल लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्दै अलआउट गरायो । पर्वतले १०.१ ओभरमा २८ रन बनाएको थियो । पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । एन्जल अधिकारी शुन्य, दिपिका सापकोटा ५, सुशिला भट्टराई १, रोजिना चापागाईँ २, प्रतिभा खड्का १, कृषा अखेली ४, योगिता केसी शुन्य, जिविका क्षेत्री १, अनुषा पौडेल शुन्य र विपिशा विक शुन्यमा आउट भए । एन्जल परियार शुन्यमा नटआउट रहिन् ।
कास्कीका लागि सोनिमा पुन मगरले ३, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल, रेखा तामाङ र रचना चौधरीले १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनायो । कास्कीका लागि सिजर्ना पौडेलले ४१ रनको योगदान दिइन् । उनले ५३ बलमा ३ चौका प्रहार गरिन् । विनिता नेपालीले १७ रन बनाउँदै आउट भइन् । शिखा दवाडी शुन्य, विन्दु ठकुरी ७, विनिता सिग्देल ११, रोजि परियार १ रनमा आउट हुँदा रचना चौधरी ५ रनमा अविजित रहिन् ।
पवर्तका लागि जिविका क्षेत्रीले ४ ओभरमा २७ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । प्रतिभा खड्का र सुशिला भट्टराईले समान १÷१ विकेट लिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।