- मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यसक्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे ।
मंयक अग्रवालले २३ बलमा ५ चौकाको सहयोगमा नटआउट ४१ रनको योगदान गरे । कप्तान शर्मा र अग्रवालबीच पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी भयो, जसले आरसिबीलाई सहज जित दिलायो ।
ओपनर फिल साल्टले १९ बलमा ३० रन बनाउँदा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए ।
त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रन बनायो ।
अब आरसिबीले क्वालिफायर वानमा पञ्जाब किंग्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बिहीबार हुनेछ । यस्तै, एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
-
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
-
सानेपाको विवादमा देउवा समूहको जवाफ– कांग्रेसको नाममा महाधिवेशन रोक्न कसैलाई अधिकार छैन
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।