राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

२०८२ जेठ ७ बुधबार
सारांश
  • नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

काठमाडौं : आईसीसी महलिा टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला  क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । 


नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।  


नेपाल पहिलो  पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार