म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

२०८२ वैशाख ५ शुक्रबार
सारांश
  • क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार लियोनलाई ५–४ ले हराएपछि समग्रमा ७–६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा २–२ को बराबरी भएको थियो ।

काठमाडौं : म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।
क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार लियोनलाई ५–४ ले हराएपछि समग्रमा ७–६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा २–२ को बराबरी भएको थियो ।


ओल्ड ट्राफोर्डमा निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि थप समय ५ गोल भएको थियो ।


निर्धारित समयमा २–० को अग्रता जोगाउन नसकेको युनाइटेड थप समयमा २ गोलले पछि परेको थियो । त्यसमा पनि पुनरागमन गर्दै युनाइटेडले अविश्वसनीय जित दर्ता गर्यो । ह्यारी म्याग्वायरले कासेमिरोको क्रसमा हेड गर्दै अन्तिम मिनेटमा निर्णायक गोल गरे ।


त्यस अघि म्यानुएल उगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबी मैनूले त्यस अघि गोल गरेका थिए ।


लियोनका कोरेंटिन टेलिसो, निकोलस ट्यागलियाफिको, रेयान चेर्की र एलेक्जेन्डर लाकाजेट्टीले गोल गरे । ७१ औं मिनेटमा गोल गरेका टेलियो ८९ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लियोन दबाबमा परेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार