- पञ्जाबका लागि निहाल बाधेराले ४१ बलमा ६२ तथा ग्लेन म्याक्सवेलले २१ बलमा ३० रन जोडे ।
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल)मा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो ।
राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रनमा सीमित भयो। पञ्जाबका लागि निहाल बाधेराले ४१ बलमा ६२ तथा ग्लेन म्याक्सवेलले २१ बलमा ३० रन जोडे ।
४३ रन बनाउँदा चार विकेट गुमाएको सो टोलीका लागि बाधेरा र म्याक्सवेलले पाँचौँ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । पञ्जाबले ८ बलको अन्तरमा पाँच रन जोडेर यी दुईका साथ सुर्यांस सेड्गेलाई पनि गुमाएको थियो ।
राजस्थानका जाफ्रा आर्चरले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भए । यसैगरी सन्दीप शर्माले चार ओभरमा २१ रन खर्चेर दुई तथा महशे थक्सेनाले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो ।
हारपछि पन्जाब ४ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।