सेभेन ए साइड फुटबलको उपाधी बुद्ध माविलाई

२०८१ माघ २४ गते विहिबार
सारांश
  • ढोलाहिटीस्थित विनायक स्र्पोट्स कम्प्लेक्समा बिहीबार सम्पन्न भएको फाइनल खेलमा लेलेको अमरकान्ति माध्यमिक विद्यालयलाई ४–२ गोल अन्तरले हराउँदै बुद्ध माविले दोस्रो पटक गोदावरी नगर विद्यालयस्तरीय प्रतियोगिता जितेको हो ।

ललितपुर :  दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी बाँडेगाउँको बुद्ध माविले जितेको छ । 


ढोलाहिटीस्थित विनायक स्र्पोट्स कम्प्लेक्समा बिहीबार सम्पन्न भएको फाइनल खेलमा लेलेको अमरकान्ति माध्यमिक विद्यालयलाई ४–२ गोल अन्तरले हराउँदै बुद्ध माविले दोस्रो पटक गोदावरी नगर विद्यालयस्तरीय प्रतियोगिता जितेको हो । 


बुद्धको जितमा सचिन तामाङले २ तथा राज घिमिरे र प्रमेश थिङले १–१ गोल गरे । पराजित अमरकान्तिका लागि जिगरजंग सिलवालले दुबै गोल गरे । 


विजेता भएसँगै बुद्ध माविले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता अमरकान्तिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । 
ज्ञानकुण्ड यूवा क्लबको आयोजनामा भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गंगा जमुना स्कूलका विपिन मर्हजन भए । यस्तै उत्कृष्ट गोलकिपर बुद्ध माविका सुमन तिरुवा भए भने उदयमान खेलाडीको पुरस्कार सरस्वती मावि लेलेका कर्मा तामाङले पाए । 


सरस्वती माविकै उत्सब नगरकोटी सर्बाधिक गोलकर्ता भए । विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाएका छन् । 
विजेता तथा उपविजेता खेलाडीलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले पुरस्कार प्रदान गरे । 


सेमिफाइनलमा बुद्ध माविले लेलेको गंगा जमुना माविलाई  तथा लेलेको अमरकान्तिले रिदभान एकेडेमीलाई हराएर फाइनलमा पुगेका थिए । 


प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो । 
गोदावरी नगरपालिकाका मेयर मर्हजनले नगरभित्र फुटबलको दिगो विकासका लागि विद्यालयस्तरीय फुटबल कोशेढुङ्गा हुने बताए । 


मेयरकप फुटबलको तयारीमा नगरपालिका रहेको बताउँदै उनले प्रतियोगिता सँगसँगै पूर्वाधार निर्माणको काममा पनि नगरपालिका जुटिरहेको बताए । 
नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वालले विद्यालयस्तरको फुटबलले नगरको फुटबललाई ग्रासरुटमै बलियो बनाउने प्रयास गरेको बताए ।   


क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले नगरले आर्थिक सहयोग गरेको खण्डमा हरेक वर्ष यस्तै प्रतियोगिता आयोजना गरिरहने बताए ।

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार