- आयोजक संस्थाले मंगलवार साँझ काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रतियोगिता आगामी माघ २६ गते शनिवारसम्म सञ्चालन हुने जानकारी गराइएको हो ।
काठमाडौं: ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भैरहेको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधवारदेखि माघ २६ गते शनिवारसम्म लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन हुने भएको छ ।
आयोजक संस्थाले मंगलवार साँझ काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रतियोगिता आगामी माघ २६ गते शनिवारसम्म सञ्चालन हुने जानकारी गराइएको हो ।
यस प्रतियोगितामा देश भरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उप(विजेता टिम गरि कुल आठ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फाइनलमा प्रतिस्पर्धी गर्ने टोलीहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी छन् । यस वर्ष विभिन्न कठिनाइहरूका कारण सुर्खेत छनोट आयोजना हुन नसकेको आयोजक संस्थाले जनाएको छ ।
हाइप येति इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता तथा व्यवस्थापक कपिल भण्डारी हुन् । प्रतियोगितामा ई–प्लानेट (शीर्ष प्रायोजक), रुटिन अफ नेपाल बन्द (डिजिटल पार्टनर), खेल पाटी (प्रसारण पार्टनर), विकेट नेपाल (मीडिया पार्टनर) तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ (यात्रा पार्टनर) को साथ रहेको छ ।
माघ २६ सम्म चल्ने यस प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालय स्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’