सुदुरपश्चिमविरुद्ध लुम्बिनीले टस जितेर पहिले बलिङ गर्दै

२०८१ मंसिर २२ गते शनिवार
सारांश
  • नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

 

कप्तान रोहित पौडेलले टस जितेपछि सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हुन्। विहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ।

 

टिकट पनि शुक्रबारनै ‘सोल्डआउट’ भइसकेकाले आज पनि मैदान भरीभराउ हुँदै गएको छ। दुवै टोलीले आज आफ्नो प्लेइङ ११ मा एक-एक परिवर्तन गरेका छन्।

 

लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन कुमाललाई प्लेइङ सेटमा राख्दा सुदूरपश्चिममा रोहन मुस्तफालाई बाहिर राख्दै वसन्त खत्रीलाई टिममा राखिएको छ।

 

सुरुवाती दुई खेलमा सुदूरपश्चिम रोयल्सले ब्याटिङ र बलिङ उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डुलाई ७३ रन र बिराटनगरलाई ९० रनले हराएकाले आत्माविश्वासी छ।

 

लुम्बिनी भने पहिलो खेलमा विराटनगर सँग २ विकेटले पराजित हुँदा पोखरासँग शुक्रबारमात्रै १० विकेटले हारेको थियो। २४ घन्टा नबित्दै लुम्बिनी अर्को खेलका लागि तयार हुनु पर्ने अवस्था बनेको छ।

 

लुम्बिनी लायन्स प्लेइङ ११: अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी

 

सुदूरपश्चिम रोयल्स प्लेइङ ११: इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, नरेश बुढाएर, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार