एनपिएल : विराटनगरले टस जित्यो

२०८१ मंसिर १८ गते मंगलबार
सारांश
  • राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

काठमाडौँ: राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

 

कीर्तिपुरस्थित  टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

 

सुदूरपश्चिमको भने आज पहिलो खेल हो । दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार