इन्द्रजात्राका साइत सार्वजनिक: आज लिङ्गो बनाउन रूख काटिदैँ

२०८३ भाद्र २८ आइतवार
सारांश
  • इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन गरेको समेत पाइन्छ ।

काठमाण्डौ, २८ भाद्र । यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि शुरु हुन्छ ।

 

इन्द्रजात्राको लिङ्गो उठाउन रूख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत आज बिहान ९: ५३ को रहेको समितिले जानकारी दिएको छ । त्यस्तै, रुख काट्ने साइत राति ८: ४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको छ । लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८: ०५ बजे रहेको छ । त्यसैगरी, इन्द्रध्वजोत्थानको साइत असोज ७ गते बुधबार बिहान ७: ४७ बजे र इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ । यसैदिन राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।

 

त्यस्तै, असोज १० गते शनिबार माथिल्लो टोल यात्रा गराइन्छ ।  त्यसपछि असोज १३ गते मंगलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ भने यसै दिन राति ९: २५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको छ । लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन गरिने परम्परा रहेको छ ।

 

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन गरेको समेत पाइन्छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार