दशैंको टीकाको तेस्रो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

६ कार्तिक, २०८३
सारांश
  • बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ ।

काठमाण्डौ, ०६ कार्त्तिक । बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ ।

 

आश्विन शुक्लपक्ष पापांकुशा द्वादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।

 

कतिपयले भने विहिबार एकादशीको ब्रत लिएकाले आजदेखि पुन टीका लगाउने गर्छन् । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ । 

 

त्यस्तै, दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बिहानैबाट बढेको छ । घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रने गर्छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार