- जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ ।
काठमाण्डौ, ३० श्रावण । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ ।
सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप लिएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको छ । पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि वराहरूपी विष्णुले उद्धार गरेको वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।
भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको छ ।
यसै सम्झनामा आज वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका वराह/वाराही मन्दिरमा भीड लाग्ने गर्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते
-
अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।