आज तिहारको गाई पूजा

२३ कार्तिक, २०८३
सारांश
  • गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ भनिन्छ। गाईलाई गौमाता भनेर सम्मान गरिन्छ । गाईको दुध मात्र होइन गौमुत्र ,गोबर लगाएत पनि पंचागब्य बनाउनका लागि प्रयोग गरिन्छ ।

काठमाण्डौ, २३ कार्त्तिक । तिहार अन्तर्गत आज गाईको पूजाआजा गरी मनाइँदैछ ।

 

नेपालमा गाईलाई पवित्र मानी पूजा गर्ने हाम्रो  वैदिक सनातन कालदेखिको परम्परा हो । आजका दिन गाईको पूजा गरी मीठा परिकार खान दिने गरिन्छ । आफ्नो गरमा गाईपालेका हरुले घरमै पुजा गर्ने गर्छन् भने गाई नपालेकाहरुले गौशाला पालिएका  गाईको पुजा गर्ने गर्दछन् ।

 

गाईको दूध आमाको  दूध जत्तिकै पौष्टिक हुन्छ भनिन्छ । गाईलाई गौमाता भनेर  सम्मान गरिन्छ । गाईको दुध मात्र होइन  गौमुत्र, गोबर लगाएत पनि पंचागब्य बनाउनका लागि  प्रयोग गरिन्छ । कुनै धार्मिक कार्य गर्न  वा पुजा गर्न गाइको गोबर, गौमुत्र, दुध तथा घिउको आवस्यक पर्छ। । गाईको घिउ पुजा आजामा मात्र होइन औसधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

 

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार