मच्छिन्द्रनाथको भोटो आज देखाइँदै

२०८३ अषाढ़ ०६ शनिवार
सारांश
  • उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ ।

काठमाण्डौ, ०६ अषाढ़ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ ।

 

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ ।

 

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ ।

 

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ । विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

 

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् ।

 

जात्राको यसबाहेक अन्य किंवदन्ती पनि छन्। पहिलो किंवदन्ती अनुसार नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भइन् । उनको उपचारका लागि वैद्यको खोजीमा कर्कोटक आफैं निस्किए भनिन्छ । दोस्रो किंवदन्ती अनुसार कुनै समय किसान र ती व्यक्तिका बीच भोटोको स्वामित्वका विषयमा विवाद सुरु भएको थियो । तेस्रो किंवदन्ती अनुसार राजा वरदेवको शासनकालमा अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याइएको बताइएको छ ।

 

भोटो जात्राको किम्वदन्ती

 

भोटो जात्रामा काठमाडौँमा रहेका सबै मानिसलगायत देशको उच्च पदाधिकारी भोटो हेर्न सहभागी हुनेछन् । विसं २००८ देखि भोटो देखाउने चलन चल्दैआएको हो । जात्रामा मनुष्य लगायत देव, दैत्य, भूत, प्रेत, पिशाच, गन्धर्व, किन्नर, नाग र गरुडसमेत उपस्थित हुने मान्यता छ । किंवदन्तीअनुसार पाटनका राजा वरदेवको शासनकालमा कर्काेटक नागराजाकी रानीको आँखा दुखेछ । रानीको आँखा अनेक उपाय गर्दा पनि निको नभएपछि आँखाको उपचार गर्ने वैद्या खोज्दै नागराजा हिँडेछन् । राजा कर्काट नागले खेत खनिरहेका एक किसानलाई 'तिमीलाई आँखाको उपचार गर्न आउँछ' भनी सोधेछन् ।

 

किसानले नसक्ने बताए पनि कर्काटकले टौदह लगी पोखरीको दरबारमा छिराएछन् । ती किसानले रोग निको पार्ने तरिका नजाने पनि शरीरबाट मयल निकाली रानीको आँखा निको गराइदिए । त्यही खुशीमा राजा कर्काेट नागले किसानलाई उपहार माग्न भनेछन् । उपहारका रुपमा किसानले नागराजले राखेको मणिजडित भोटो मागेछ । किसानले त्यो भोटो लिएर पुनः खेत खन्न गएछन् । फुकालेर खेतमा राखेको भोटा भूतले लिई भागेछ ।

 

समयसँगै मच्छिन्द्रनाथको रथजात्रा चल्दै गएछ । जात्रा हेर्न भुत त्यो भोटो लगाएर जाउलाखेल आएछ । किसानले भोटो देखी त्यो आफ्नो भोटो भनेछ । भुतले हैन मेरो हो भन्दा भन्दै ठूलो झगडा भएछ । कर्काेटक नागराजा पनि त्यहीँ जात्रा हेर्न आएका रहेछन् । उनले त्यो भोटो आफूले किसानलाई दिएको बताउँदा पनि भुतले मानेनछ । तिनीहरु तीनैबीच  झगडा भएपछि राजा वरदेवले त्यो कुरा सुनेछन् ।

 

राजाले तीनै जनाको विवाद मिलाउन नसकी प्रमाणसहित आउन आग्रह गरेछन् । त्यसै बेलादेखि “यो कसको भोटो हो” भनी चारै दिशा फर्काएर भोटो देखाउने परम्परा रहेको किंवदन्तीमा उल्लेख छ ।  मच्छिन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । चैत पूर्णिमाको दिन विधिवत् पूजा गरिएको भोलिपल्ट रथ निर्माणको शुभारम्भ गरी वैशाख पूर्णिमासम्ममा समाप्त गरिएको थियो ।

 

पुल्चोकबाट मच्छिन्द्रनाथ रथजात्रा शुरु भई जावलाखेलमा भोटो जात्रा देखाउने चलन परापूर्वकालदेखि चल्दै आएको हो  । यस वर्ष वैशाख २५ साँझमा मच्छिन्द्रनाथको रथ तानिएको थियो । रथ तानेको पहिलो दिन मच्छिन्द्रनाथलाई पाटनको गाःबहाल, सुन्धारा, लगनखेल लगी महाबलि दिइयो । यस वर्ष लगनखेल लगेपछि ५५ वर्षीय ञँवाल प्रेम डंगोलले नरिवाल खसालेका थिए ।यस वर्ष नरिवल खसालिएको भोलिपल्ट सयौँको महिलाले  रथ ताने जसलाई नेवारी भाषामा ‘याक मिसा भुजा’ पर्व भनिन्छ । याक मिसा भुजा’ पर्व सम्पन्न भएको २० दिनपछि रथलाई जावलाखेल लग्न लागिएको हो । रथलाई इटिटोल हुँदै मानभवन, कुमारीपाटी हुँदै जावलाखेल लगिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार