मिथिलामा छठ पर्वको तयारी सुरु

२०८२ कार्त्तिक ०७ शुक्रवार
सारांश
  • देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन् ।

सर्लाही, ७ कार्त्तिक । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ । देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन् ।

 

सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मनाइने छठका अवसरमा मिथिलाका पोखरी, तलाउ र नदीघाटहरूमा सरसफाइ, मर्मत र सजावट तीव्र गतिमा भइरहेको छ ।

 

श्रद्धालुहरूले पूजा गर्ने घाटहरूमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत गर्ने, बत्ती र सजावट गर्ने काम धमाधम भइरहेको छ । मिथिलासहित तराई मधेशका बासिन्दा यस पर्वलाई निष्ठा, आस्था र समर्पणसहित मनाउने परम्परा रहिआएको छ ।

 

चार दिनसम्म चल्ने यो पर्वका लागि घर आँगनदेखि बजारसम्म उत्सवको माहोल छ । बिभिन्न जिल्लाहरूमा पंडालहरू निर्माण, रंगीन बत्ती झिलिमिली र सजावटले वातावरण झनै उल्लासमय बनेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार