- सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो ।
मुस्ताङ, २४ असारः हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ ।
सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो ।
मुक्तिनाथ मन्दिर परिसरको साविकको संरचना नखल्बलिने गरी सामाजिक विकास कार्यालयमार्फत छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए। मुक्तिनाथ परिसरमा छप्पनी ढुङ्गा बिछ्याउनका लागि कोटेशन ठेक्का लगाइएको थियो । मन्दिर परिसर, कुण्ड र १०८ धारातर्फ छप्पनी ढुङ्गा बिछ्याउन खिङ्गा कन्स्ट्रक्सनले जिम्मा पाएको थियो ।
कार्यालयको सीमित बजेट भएकाले पूर्ण रूपमा परिसर वरिपरि छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न हुन नसकेको प्रालिका प्रतिनिधि लाक्पाटसी गुरुङले बताए । उनका अनुसार सामाजिक विकास कार्यालयमार्फत तीन हजार १४० स्क्वायर फिट छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको छ ।
छप्पनी ढुङ्गा बिछ्याएर स्तरोन्नति गरिएपछि मुक्तिनाथ आउने दर्शनार्थीलाई सहज भएको मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले उल्लेख गरे। “मुक्तिनाथ मन्दिर अगाडि र पछाडिको १०८ धारातर्फको परिसरको असहज थियो, पुराना ढुङ्गा उप्किएका थिए”, उनले भने, “अहिले परिसरको एउटै लेबल मिलाएर नयाँ छप्पनी ढुङ्गा बिछ्याएको छ ।”
समितिले मुक्तिनाथमा दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका लागि २०० लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको पहलमा समितिले बाह्रै महिना तातोपानी पिउने व्यवस्था गरेको सुवेदीले जानकारी दिए। यसले मुक्तिनाथको उच्च स्थानमा दर्शन गर्न आउने भक्तजनलाई लेक लाग्ने सम्भावनालाई न्यूनीकरण गर्ने उनको भनाइ छ ।
कर्मचारी सुवेदीले भने, “यस्तै, १०८ धारामा स्नान गर्ने दर्शनार्थीलाई दुर्घटनाको जोखिमबाट सुरक्षित राख्न रेलिङ निर्माण गरिएको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि सात लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । मन्दिर परिसरमा तातोपानी पिउन व्यवस्था भएसँगै भक्तजनलाई सहज भएको छ । पर्यटकीय याममा पनि दर्शनार्थीलाई तातोपानीको सुविधा भएको छ ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।