- एक समारोहबीच विद्यालयलाई खानेपानीको धारा हस्तान्तरण गरिएको छ ।
मन्थली (रामेछाप), २४ जेठः लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका रामेछाप नगरपालिका–७ सुकाजोरको सेतीदेवी आधारभुत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक शुक्रबारदेखि विद्यालयमा नव निर्मित धारामा पानी झरेपछि खुसी छन् । खानेपानीको अभाव पुरा भएपछि विद्यालयका विद्यार्थी मात्र हैन सिङ्गो गाउँमानै खुसीयाली छाएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मानव मिलन नारी जागरण काठमाडौँले मुक्तिनाथ बैङ्कसँगको सहकार्यमा खानेपानीको लाइन निर्माणसहित धारा निर्माण गरी उक्त विद्यालयमा खानेपानीको धारा बनाएपछि गाउँँमानै खुसियाली छाएको स्थानीय समाजसेवी सन्देश घिमरेले बताउनुभयो ।
एक समारोहबीच विद्यालयलाई खानेपानीको धारा हस्तान्तरण गरिएको छ । स्थापनाकालदेखिँनै खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्र्थी, शिक्षक र अभिभावक मात्र नभएर सिङ्गो गाउँँमानै खुसीयाली छाएको विद्यालयका प्रधानाध्यापक खिलाबहादुर कार्कीले बताउनुभयो ।
एक कार्यक्रमबीच रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले खानेपानीको धारा विद्यालयलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मानवमिलन नारी जागरण काठमाडौँका अध्यक्ष सुनिता सिग्देलले धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाले सहज रूपमा पिउने पानी उपभोग गर्न पाउने बताउनुभयो । नगरको सीमित स्रोत र साधनले नपुग्ने अवस्था भएकाले मुक्तिनाथ विकास बैङ्कसँगको सहकार्यले खानेपानीको व्यवस्था गर्नसकिएको बताउनुभयो ।
मानवमिलन नारी जागरणकी अध्यक्ष सुनिता सिग्देलले विभिन्न दातृ निकायसँग सहयोग मागेर यहाँ खानेपानीको व्यवस्था गर्न सकिएको बताउनुभयो । विद्यालयलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । यो आयोजनाबाट विद्यालय मात्र नभएर विद्यालय आसपासमा वासोवास गर्ने स्थानीयसमेत लाभान्वित भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।