परिक्रमा क्षेत्रमा मासु मदिरामा प्रतिबन्ध

२०८१ फागुन २८ बुधवार
सारांश
  • जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फागुन २८ गते राति १२ः०० बजेदेखि चैत १ गते दिउँसो १२ः०० बजेसम्म परिक्रमा क्षेत्र र वरपरका स्थानहरूमा माछा मासु तथा मदिरा विक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

 

जनकपुर : धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमा क्षेत्रमा माछा मासु मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

 
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फागुन २८ गते राति १२ः०० बजेदेखि चैत १ गते दिउँसो १२ः०० बजेसम्म परिक्रमा क्षेत्र र वरपरका स्थानहरूमा माछा मासु तथा मदिरा विक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।


प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको निर्देशनअनुसार, परिक्रमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न तथा धार्मिक अनुशासन पालना गराउन उक्त निर्णय लिइएको हो ।


प्रशासनले आम सर्वसाधारणलाई यस नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ । उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी दिँदै, प्रशासनले स्थानीय व्यापारी, श्रद्धालु तथा सुरक्षाकर्मीहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार