राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा सरकारले गरेका कामबारे समिक्षा गरिँदै

२०८१ माघ ११ शुक्रवार
सारांश
  • आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए ।

काठमाडौं :   राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो  समयदेखी बस्न नसकेको बैठक आजदेखी प्रारम्भ भएको बताएका हुन् । 


आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए ।


उनले  ठूला दुई दल मिलेर बनेको  सरकारले  अहिलेसम्म के  के  गरेको छ त्यसको बारेमा समेत समिक्षा गरिने बताए । 


उनले भने, ‘लामो समयदेखी बस्न नसकेको बैठक आज प्रारम्भ हुँदैछ । यो बीचमा नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनेको पनि ६ महिना भन्दा बढी भैइसकेको छ, यसको  विषयमा पनि समग्र रुपमा समिक्षा गरिनेछ । यो बीचमा जनतामा आशा जागृत हुनुपर्ने हो त्यसको बदला जनतामा घोर निराशा पैदा भएको छ ।’


यसैगरी बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । मंहगी चरम रुपमा बढेको छ, यतिबेला निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ यसको  विषयमा पनि बैठकमा छलफल गरिने उनले बताए । राप्रपाले आज र शनिबार केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार