मध्यपुरबाट बिदा भए देवगण

२०८१ पुष ७ गते आईतवार
सारांश
  • मल्लकालभन्दा अघिदेखि तान्त्रिक शक्तिमा चल्दै आएको देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै आज दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रासमेत सञ्चालन भएको थियो ।

भक्तपुर, ७ पुसः मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा, नाच प्रदर्शन गरी पूजा ग्रहणसँगै नवदुर्गा जात्रा सम्पन्न भएको छ । जात्रा सम्पन्न भएसँगै देवगणहरू आजदेखि बिदा भएका हुन् ।

 

गत आइतबार भक्तपुरबाट मध्यपुरथिमि आएका नवदुर्गासहित देवगणहरूले आजसम्म मध्यपुरथिमिको विभिन्न क्षेत्रमा पुगेर नवदुर्गा नाच प्रदर्शन गर्नाका साथै टोलटोलवासीले नवदुर्गालाई दिएको पूजा ग्रहण गरेर आज भक्तपुर फर्किएका देवगणमध्येका कृष्णप्रसाद बनमालाले जानकारी दिए ।

 

मल्लकालभन्दा अघिदेखि तान्त्रिक शक्तिमा चल्दै आएको देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै आज दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रासमेत सञ्चालन भएको थियो । उनले आज माछा मार्ने जात्रा गरी अन्तमा स्थानीयले नवदुर्गाको पूजा गरी बिदाइ गरेका बताए ।

 

एक साताको अवधिमा मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारी, नगदेशलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयले पूजा ग्रहण गर्दै आज मध्यपुरथिमिबाट बिदा गरेका उहाँले जानकारी दिए ।  
    
नवदुर्गाअन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसँगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार