देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो: मन्त्री पौडेल
२०८२ कार्तिक २८ शुक्रवार
- शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए ।
काठमाडौं :बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए ।
उनले भने, ‘हामीले सुरुदेखि नै केही कुरामा ख्याल गरिरहेका छैनौ । नेपाल वातावरणीय हिसाबले विविधता भएको देश हो । तर त्यो कुरा बुझ्न सकेनौ । हामीले हाइब्रिड बिउ जस्तो घातक कुरालाई पनि नेपाल भित्रायौं । हाइब्रिड देशभित्रै उत्पादन गर्न सक्छौ भने राम्रो हो तर हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने कुरा हो । त्यसपछि आयात गर्नुपर्ने अवस्था आउँछ जसको सुरुवात अहिले भइसकेको छ । यो सबै माटोले दिएको बिउ चिन्न नसकेको कारणले भएको हो ।’
आफ्नै देशको माटोमा बनेको बिउमाथि विश्वास गर्न सकेनौ भने यसरी बसेर कृषिको कुरा गर्नु बेकारको गफ मात्र भएको उनको भनाई छ ।
यस्तै, उनले जीवन, समाज, राष्ट्र र मानव सभ्यताको समृद्धि सबैको लागि कृषि अनिवार्य भन्ने कुरा धर्म ग्रन्थहरुले पहिलैदेखि सिकाएको भन्दै सिकेको कुरालाई समयानुकूल चलाउन नसक्नु छलफलको विषय भएको बताए ।
हाइब्रिड बिउ बनाएर विकास गर्ने हो भने आफ्नै बिउलाई विकास गरेर हाइब्रिड बनाउन सकिने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’