संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री कँडेल
२०८२ असोज ०३ शुक्रवार
- संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधानले प्रत्याभुती गरेका नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए ।
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संविधानको प्रभावकारी कार्यान्वयनबाट नै नागरिकका अधिकारहरुको संरक्षण गर्न सकिने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधानले प्रत्याभुती गरेका नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए ।
मुलुकमा नयाँ संविधान जारी भएको एक दशक बितिसक्दा पनि नागरिकहरुले संविधान पदत्त अधिकार प्राप्त गर्न नसकेको भन्दै असन्तुष्टि बढेको उनले बताए । ‘राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन हुन केही समय पक्कै लाग्छ नै’ उनले भने, ‘नेपालले पनि विकासको गतीमा बिस्तारै फड्को मारिरहेको छ ।’
सबैको एकताबद्ध प्रयासमाट मात्रै मुलुकले बिकासको मार्ग पहिल्याउन सक्ने उनको विश्वास छ ।
संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरू लिएर सडकमा आएको जेन–जी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाले गम्भीर चुनौती उत्पन्न भएको बताए । पछिल्लो घटनाक्रमले मुलुकलाई फेरी दशकौं पछाडि धकेल्ने प्रयन्न भएको उनको भनाई छ ।
कँडेलले संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आएको बताए ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले संविधान जोगाएर नागरिकका अधिकारको रक्षाका लागि जेन–जी पुस्ताको मागहरु सम्बोधन गरी राजनीतिक दलहरुबीच एकता र सहकार्य जरुरी भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’