मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
२०८२ भाद्र ०९ सोमवार
- मन्त्री लेखीले मधेश प्रदेशमा अहिले अपराधिक क्रियाकलापमा कमी आएको दाबी गरे । उनले प्रहरी जवानहरुले थोरै सुविधा पाएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेको बताए ।
जनकपुर: मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ ।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।
मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए ।
उनले अन्य सबै मन्त्रालयहरुको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदापनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए ।
मन्त्री लेखीले मधेश प्रदेशमा अहिले अपराधिक क्रियाकलापमा कमी आएको दाबी गरे । उनले प्रहरी जवानहरुले थोरै सुविधा पाएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेको बताए ।
सञ्चार माध्यमहरुमा दिनहुँ चोरी निकासी, पक्राउ, हत्या हिंसाका समाचारहरु बढाइ चढाइ गरी सप्रेषण हुने गरेकामा मन्त्री लेखीले गुनासो गर्नुका साथै, सहि सूचनाको आधारमा समाचार सम्प्रेशन गर्न आग्रह पनि गरे ।
मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रि अनुसन्धानलाई १२५ सीसीको २१ थान मोटरसाइकल, इलेक्ट्रीक कार दुईवटा र इलेक्ट्रीक पिकअप तीनवटा हस्तान्तरण गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।