बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुदै

२०८२ श्रावण १२ सोमवार
सारांश
  • लामा सरकारमै मन्त्री रहेका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले पदबाट राजीनामा दिएपछि लामाले राजीनामा स्वीकृत नगरेर उनीहरुलाई बर्खास्त गरेका थिए ।

काठमाडौँ : नेपाली काँग्रेसको आन्तरिक किचलोले बागमती प्रदेशको सरकारनै संकटमा परेको छ ।  मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा बहुमत कांग्रेस सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनको पद संकटमा परेको हो । 

 

प्रदेशमा काँग्रेसका ३७ सांसद रहेका छन् ।  अहिले मुख्यमन्त्री लामाविरुद्ध २१ सांसद देखिएका छन् ।  

 

लामा सरकारमै मन्त्री रहेका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले पदबाट राजीनामा दिएपछि लामाले राजीनामा स्वीकृत नगरेर उनीहरुलाई बर्खास्त गरेका थिए ।

 

कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँलाई संसदीय दलको नेता बनाउने प्रयासस्वरूप लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । 

लामाविरुद्धको अविश्वास प्रस्तावबारे आज छलफल हुने कार्यक्रम छ । दिउँसो १ बजे अविश्वास प्रस्तावबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाइएको छ । यस बैठकमा कांग्रेसले नेता राजन केसीलाई प्रतिनिधि तोकेर विवाद मिलाउन पठाएको छ ।

 

संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दल नेताले यसबारे छलफल गर्नुपर्ने र सहमति नभए निर्वाचनमा जानुपर्ने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ । आजको छलफलमा सहमति नभए विधान अनुसारको प्रक्रियामा जाने बताइएको छ ।

 

कांग्रेसको केन्द्रमा चर्किदै गएको गुटबन्दीको असर बागमती प्रदेशमा देखिएको बताइएको छ । लामाले सभापति देउवाको साथ छोडेर शेखर कोइरालालाई साथ दिन थालेपछि देउवाउनीविरुद्ध असन्तुष्ट बनेको र मुख्यमन्त्रीबाट राजीनामा दिन भनेको बताइएको छ ।  तर लामाले राजीनामा दिन अस्वीकार गरेपछि अविश्वासको प्रस्ताव आएको बुझिएको छ ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार