कर्णालीका छ सय ९३ पत्रकारको स्वास्थ्य वीमा, पत्रकारको सुरक्षा र संरक्षण अपरिहार्य छ : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ११ आईतवार
- वीमा कार्यक्रमबाट कर्णालीका पत्रकारले ओैषधोपचारमा सुविधा पाउने छन् । राष्ट्रिय वीमा कम्पनीमा गरिएको वीमावाफत हरेक पत्रकारले बार्षिक ७० हजारको उपचार खर्च दावी गर्न पाउनेछन् ।
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशका पत्रकारहरुको स्वास्थ्य वीमा गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका ६ सय ९३ पत्रकारको स्वास्थ्य वीमा गरिएको हो ।
वीमा कार्यक्रमबाट कर्णालीका पत्रकारले ओैषधोपचारमा सुविधा पाउने छन् । राष्ट्रिय वीमा कम्पनीमा गरिएको वीमावाफत हरेक पत्रकारले बार्षिक ७० हजारको उपचार खर्च दावी गर्न पाउनेछन् ।
आईतबार प्रदेश सरकारले गरेको वीमाको विमालेख हस्तान्तरण गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको भूमिका हस्तक्षेप नभई संरक्षण आवश्यक भएको बताए ।
पत्रकारिता पेशा जोखिमपूर्ण भए पनि लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताका माध्यमबाट कर्णाली र मुलुकको समृद्धिमा टेवा पुग्ने बताए । “पत्रकारिता पेशामा कहहि जोखिमशरु पनि होलान् तर यो पेशा जनताको आवाज बुलन्द पार्ने पेशा हो“ उनले भने, “प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहँदै पत्रकारिताको बिकास र पत्रकारको पेशागत सुरक्षाका लागि गम्भीर छ ।“
स्वास्य्थ बीमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रति सरकारको दायित्वबोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता पूरा हुने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत निशुल्क रूपमा सञ्चालन गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज २९ गते विहिबार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’