सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी
२०८२ असार २७ शुक्रवार
- शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेल गर्दै पार्टीले सांसद यादवमाथि लगाइएको मुद्दा खारेज गर्नुका साथै जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको छ ।
जनकपुर : जनता समाजवादी पार्टी, मधेश प्रदेश सभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्न बाध्य हुने जसपा मधेश प्रदेशले चेतावनी दिएको छ ।
शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेल गर्दै पार्टीले सांसद यादवमाथि लगाइएको मुद्दा खारेज गर्नुका साथै जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको छ ।
जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष निर्मला यादवले सांसद यादवमाथि प्रहरी प्रशासनले गरेको दुव्र्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।
उनले सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालयलगायत विभिन्न कार्यालयका कर्मचारीहरूको मनोपोली, लुटतन्त्र, भ्रष्टाचार लगायत जिल्ला प्रहरी कार्यालय समेतले आम जनताहरूलाई झुठा मुद्दामा फसाउने कार्य भइरहेको भनेर पटक पटक जिल्ला प्रहरी प्रमुख एवं सम्बन्धित निकाय समेतलाई जानकारी गराएको जानकारी दिइन ।
गत विहीबारका दिन पूर्वाधार विकास कार्यालयमा राती प्रहरी परिचालन गरी कार्यालय प्रमुखले मुल गेटमा ताल्चा लगाई कार्यालय संचालन गरिरहेको देखेर सेवाग्राही त्रसित भएकाले जानकारी लिन जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासंग फोनमार्फत बुझ्न खोजदा सांसद यादवलाई ‘मधेशी हो’ भनेर हेपाहा शैलीमा कुरा गरी अपशब्द प्रयोग समेत गरेको उपाध्यक्ष यादवले बताइन् ।
सांसद यादवले सो कुरोको प्रतिकार गर्दा उल्टै प्रहरी परिचालन गरी उनको निजी निवासमा राती १२ः०० वजे पुगेर यादवका छोरालाई निर्घात कुटपिट गरी घाइते बनाइएको उपाध्यक्ष यादवको भनाइ छ ।
सांसद यादवमाथि लगाइएको झुठा मुद्दा खारेज गरी जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग जोडदार माग गर्नुका साथै छानविन समिति गठन गरी सत्यतथ्य उजागर गर्न उपाध्यक्ष यादवले माग गरेकी छन् । उनले विभेदकारी नश्लिय सोच न सच्याएमा जसपाले सशक्त सघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिइन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।