- बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन् ।
हेटौंडा: बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका बीचमा नेता थपलिया निदाएको अवस्थामा क्यामेरामा कैद भएका हुन् । बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन् ।
सार्वजनिक भएको तस्बिरले सामाजिक सञ्जालमा चासोको विषय बनिरहेको छ । प्रदेश सभा जस्तो संवैधानिक निकायमा जनप्रतिनिधिको यस्तो व्यवहारप्रति कतिपयले आलोचना गरेका छन् ।
नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित नेता थपलियाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’