मुख्यमन्त्री सिंहको छड्के: अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ

२०८२ असार १० मंगलवार
सारांश
  • पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पनि पारेका छन् ।

जनकपुर: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।


मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् । 


ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पनि पारेका छन् । 


उनले भने, ‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुव्र्यवहार अब सह्य हुँदैन ।’


यस्तै, प्रदेश सरकारले यसअघि पनि सीमा नाका, सडकढाट लगायत स्थानहरूमा हुने अवैध कारोबार र असुली नियन्त्रण गर्न विशेष पहल थालेको थियो । सोमबारको अनुगमनलाई कारबाहीको संकेतको रूपमा लिइएको छ ।


पक्राउ परेकाहरूको नाम र विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । अनुसन्धानपछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार