मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ सरकारको तयारी ?
२०८२ जेठ १७ गते शनिबार
- निरन्तर वर्षापछि आएको बाढी र पहिरोले धनकुटादेखि झापासम्मको जनजीवन प्रभावित बनाएको छ । प्रमुख सडक अवरुद्ध छन्, बस्ती जोखिममा परेका छन् र मानिसहरू अलपत्र परेका छन् ।
इटहरी : शुक्रबारदेखि औपचारिक रूपमा प्रवेश गरेको मनसुनले कोशी प्रदेशमा त्रास फैलाएको छ ।
निरन्तर वर्षापछि आएको बाढी र पहिरोले धनकुटादेखि झापासम्मको जनजीवन प्रभावित बनाएको छ । प्रमुख सडक अवरुद्ध छन्, बस्ती जोखिममा परेका छन् र मानिसहरू अलपत्र परेका छन् ।
धनकुटामा लेउती खोलाको वितण्डा ः कोशी लोकमार्ग १०० मिटर बगायो
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको झण्डै १०० मिटर सडक भाग बगाएको छ । शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहँदा खोलाले सडक नै बगाएपछि सवारी आवागमन ठप्प भएको छ ।
यातायात अवरुद्ध हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट धरान, इटहरी र विराटनगरतर्फ आउने तथा जाने सवारीसाधन रोकिएका छन् । शनिवारकै दिन शिक्षक सेवा आयोगको परीक्षा रहेका कारण सयौं परीक्षार्थीहरू समयमै केन्द्र पुग्न नसकी अलपत्र परेका छन् । केही वर्ष अघिपनि यही खण्डमा खोलाले सडक बगाएर ठूलो क्षति पुर्याएको थियो ।
मोरङमा केशलिया खोलाको जोखिम, बस्तीमा त्रास
मोरङ जिल्लाको विराटनगर–१२ मा पर्ने केशलिया खोलाले बस्ती नै जोखिममा पारिदिएको छ । स्थानीयवासीहरूका अनुसार खोलामा अस्थायी तटबन्ध निर्माण भए पनि खोलामा आएको अत्याधिक पानीले त्यसलाई समेत काट्दै बस्तीमा पस्ने खतरा बढेको छ ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले केशलियमा ठेकेदारको लापरवाही प्रमुख कारण भएको आरोप लगाएका छन् । उनले आयोजना अनुगमनमा खटिएका अधिकृत र ठेकेदारमाथि कारबाही गर्न माग गरेका छन् ।
झापामा एसियन हाइवेको निर्माणाधीन डाइभर्सन बगाएपछि यातायात प्रभावित
झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे अन्तर्गतका तीनवटा डाइभर्सन—कालीखोला (काँकडभिट्टा), ढुकुरे खोला (धुलाबारी) र एनिमल अन्डरपास क्षेत्र (चारआली)—मा आएको बाढीले संरचना बगाएको छ । काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालयका प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार ती डाइभर्सनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
पूर्व–पश्चिम लोकमार्गको पूर्वी खण्डमा यातायात प्रभावित हुँदा झापा, इलाम र पाँचथरसँगको सडक आवागमनमा समस्या भएको छ ।
सुनसरीमा चतरादेखि बराहक्षेत्र जोड्ने सडकमा पहिरो
सुनसरी जिल्लाको चतरा–बराहक्षेत्र सडकमा पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन् । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस मार्गमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा र पर्यटकहरूलाई कठिनाइ भएको छ ।
सरकारको तयारी के छ ?
कोशी प्रदेश सरकारका अनुसार मनसुन सुरु हुनुअघि नै बाढी, पहिरो तथा अन्य विपद् व्यवस्थापनको पूर्वतयारी नकसाङकन अनुसार थालिएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, ‘विज्ञहरूको सुझाव र प्रतिवेदनको अध्ययन गरी विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि बजेट छुट्याइएको छ । स्थानीय तहसँग समन्वय गरी काम अगाडि बढाइन्छ ।’
भण्डारीका अनुसार, अघिल्ला वर्षमा विपद् व्यवस्थापनका लागि प्रशासनिक खर्चबाट रकम व्यवस्थापन गर्नुपर्ने बाध्यताले काममा ढिलाइ भएको हो । ‘तर, अब आगामी वर्षदेखि नै योजना अनुसार पूर्वतयारी हुन्छ,’ उनले भने ।
मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत रहेको जनाएको छ । विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।