मुख्यमन्त्री कार्यालय अगाडि सहिद परिवारका सदस्यहरु धर्नामा
२०८२ जेठ १२ गते सोमवार
- विभिन्न ४ वटा माग राख्दै उनीहरु आज दिउँसोदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन ।
जनकपुर : जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि मधेश प्रदेशका ८ वटै जिल्लाका शहिद परिवारका सदस्यहरु धर्नामा बसेका छन् ।
विभिन्न ४ वटा माग राख्दै उनीहरु आज दिउँसोदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन । उनहरुले मधेशी सहिद प्रतिष्ठानमा अविलम्ब सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नुपर्ने, एक परिवार एक रोजगारी दिनु पर्ने र सहिद परिवारका छोरा छोरीहरुलाई शिक्षामा छात्रवृति दिनु पर्ने माग राखेका छन् ।
विगतमा आफ्ना समस्याहरु सुनाउन पटक पटक गृहमन्त्री राज कुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरुले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् । उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।
गृहमन्त्री लेखी र मुख्यमन्त्री सिंहले आफूहरुको समस्याको वास्ता नगरे पछि आजदेखि शान्तिपूर्ण धर्नामा बसेको पटेलले बताए । उनले आफूहरुको माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।