सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट आउने छ : गृहमन्त्री लेखी
२०८२ जेठ ८ बिहिबार
- जिल्ला तथा प्रदेशका पत्रकारहरुसंग छलफलका क्रममा मन्त्री लेखिले बजेट निर्माको कार्य तीव्र गतिमा भइरहेको बताए ।
जनकपुर : मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउन लागेको जानकारी दिएका छन् ।
जिल्ला तथा प्रदेशका पत्रकारहरुसंग छलफलका क्रममा मन्त्री लेखिले बजेट निर्माको कार्य तीव्र गतिमा भइरहेको बताए ।
उनले पत्रकार र सञ्चारमाध्यमहरुका लागि विशेष प्याकेजहरुको व्यवस्ता गर्ने जानकारी दिए । पत्रकारको दुर्घटना बीमालाईका साथै प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानलगायतका कार्यक्रमहरु ल्याउन लागेको बताए ।
उनले आठवटै जिल्लाका पत्रकार महासंघका लागि फर्निचर र उपकरणहरु प्रदान गर्ने गरी बजेटमा समावेश गर्न लागेको सुनाए ।
त्यस्तै, बजेटमा शहिद परिवारका सदस्यहरुका लागि विशेष प्याकेज र सुविधाहरुको व्यवस्था गरिएको उनले बताए ।
सहिद परिवारका छोराछोरीहरुलाई छात्रवृती, रोजगारिका लागि शिपमुलक प्रशिक्षण, प्रशिक्षण पश्चात शिप अनुसारको सामग्री हस्तान्तरण लगायतको व्यवस्था अबको बजेटमा गरिने मन्त्री लेखीले जानकारी दिए ।
उनले नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको र जेठ १५ लगतै प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’