बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष बजेट बढ्ने
२०८२ वैशाख २६ शुक्रवार
- बजेटको तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले ३१ अर्ब ५९ करोडको अनुमानित सिलिङ मन्त्रालयहरूमा पठाइसकेको बताए ।
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही बढाउने लक्ष्यसहित बजेट निर्माणमा जुटेको छ । सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटसंग सम्बन्धित निकाय, मन्त्रालयका सचिव र कर्मचारीहरुसंग छलफल अघि बढाएको छ ।
बजेटको तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले ३१ अर्ब ५९ करोडको अनुमानित सिलिङ मन्त्रालयहरूमा पठाइसकेको बताए । हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेटभन्दा शून्य दशमलव ५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ ।
यस पटक कर्णाली प्रदेश सरकारले संघीय सरकारबाट राजश्व बाँडफाड र वित्तीय समानीकरणतर्फको अनुदान बढेपछि सरकारकाले पनि बजेट आकार बढाउने भएको छ । आगामी आर्थिक बर्षका लागि कर्णालीले राजश्व बाँडफाडतर्फ १० अर्ब र समानिकरणतर्फ १० अर्ब र अन्य शीर्षकको गरी करिब २१ अर्बको बजेट सिलिङ पठाएको मन्त्रालयका सचिव रविलाल शर्माले बताए । चालु आर्थिक बर्षमा कर्णालीमा १८ अर्बको सिलिङ प्राप्त भएको थियो ।
बजेट कति बढ्छ भन्ने अहिले नै भन्न नसकिए पछि आगामी बर्ष कर्णालीको बजेट बढेर आउने सचिव शर्माले बताए । चालु आर्थिक बर्षको नौ महिनामा जम्मा २० प्रतिशत मात्र बिकास बजेट कार्यान्वयन गरेको कर्णाली सरकारले आर्थिक बर्षको अन्त्यसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको अनुमानमा बजेट बनाउन थालेको सचिव शर्माको भनाई छ । ‘प्रदेशका मन्त्रालयहरुलाई बजेट सिलिङ दिइ सकेका छौं’, सचिव शर्माले भने, ‘बजेट सिलिङ वितरणका आधारमा आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने आँकलन गरिएको छ ।’
कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवबिक्रम शाहले कर्णालीको समृद्धिमा टेवा पुग्ने गरी बजेट ल्याउने तयारी गरिएको बताए । उनले कर्णालीका रणनितिक योजनाहरुलाई बजेटको प्राथमिकतामा राखिने राखि चाडो प्रतिफल दिने योजनाहरुलाई समाबेश गर्ने तयारी गरिरहेको बताए । ‘कर्णालीको भुगोल सुहाउँदो र छिाटो प्रतिफल ल्याउन सकिने योजनासहित बजेट बनाउन जुटेका छौं’ उनले भने, ‘टुक्रे योजनाहरु निरुत्साहित गरी बजेट छरिएर आउने अवस्था हुन दिने छैनौं ।’ पूर्वाधार निर्माण, रोजगारीमुखी, जनअपेक्षा अनुरुपको बजेट ल्याउने मन्त्री शाहको दावी छ ।
कार्यान्वयन फितलो
कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था भने फितलो देखिएको छ । प्रदेश सरकार गठनको विगत आठ बर्षको बजेट र कार्यान्वयनको अवस्था हेर्ने हो भने पनि सन्तोष जनक देखिँदैन । सबै भन्दा बढी बजेट कार्यान्वयन आ.व. ०७७÷७८ मा ६५ प्रतिशत भएको देखिन्छ भने आ. व. ०७५÷०७६ मा सबैभन्दा कम ३६ प्रतिश बजेट कार्यान्वयन भएको छ । सुरुको बर्ष आ.व २०७४÷०७५ को ३ महिनाका लागि बजेट ल्याएको कर्णाली सरकारले जम्मा ७ प्रतिशत मात्र बजेट कार्यान्वयन गरेको थियो ।
बिगत आठ बर्षमा कर्णाली सरकारले ल्याएको बजेट र कार्यान्वयनको अवस्था
आ.व. बिनियोजित बजेट खर्च प्रतिशत
२०७४÷०७५ १ अर्ब २ करोड ५ लाख ७ प्रतिशत
०७५÷०७६ २८ अर्ब २५ करोड २८ लाख ३६.३७ प्रतिशत
०७६÷०७७ ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार ४८ प्रतिशत
०७७÷०७८ ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार ६५.५२ प्रतिशत
०७८÷०७९ ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार ६२.३६ प्रतिशत
०७९÷०८० ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार ६४.५४ प्रतिशत
०८०÷०८१ ३३ अर्ब ३७ करोड ९७ लाख ५ हजार ६०.३४ प्रतिशत
०८१÷०८२ ३१ अर्ब ४१ करोड ४१ हजार २७.६६ (चैत्र मसान्तसम्म)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।