- प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मुद्दाहरू समेटेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
इटहरी : नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मुद्दाहरू समेटेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार सक्षम भएको हदसम्मका मागहरू तत्काल पूरा गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिए । बाँकी मागहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने आश्वासनसमेत मुख्यमन्त्रीले बताएका छन् ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार आयोजित यस कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको समेत उपस्थिति रहेको थियो । उनले सरकार अहिले नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले जनसम्बन्धी मागहरू सम्बोधन गर्न उपयुक्त समय भएको धारणा राखे ।
आफ्नो पार्टी जनताको आधारभूत समस्यालाई सधैं प्राथमिकतामा राख्नेमा प्रतिबद्ध रहेको नेकपा एकीकृत समाजवादीले बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।