कोशी प्रदेश सरकारले ल्यायो आठ अध्यादेश

२०८२ वैशाख १६ मंगलवार
सारांश
  • मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

इटहरी : कोशी प्रदेश सरकारले लगानी सम्मेलनको पूर्वसन्धामा विभिन्न आठ अध्यादेश ल्याउने निर्णय गरेको छ । 


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।  


उनका अनुसार सार्बजनिक नीजि साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी एवं यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६, प्रदेश औधोगिक व्यवसाय ऐन २०७७, प्रदेश पर्यटन विकास ऐन २०७६, कोशी प्रदेश निजी तथा सार्वजनिक साझेदारी फर्म रजिष्ट्रेसन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ संसोधन गर्न अध्यादेश ल्याइएको हो । 


सो अध्यादेशलाई आजै प्रदेश प्रमुखकोमा लगेर जारी गरिने भण्डारीले बताए । 


यस्तै बैठकले कोशी प्रदेशको लगानी सम्मेलनका लागि नीतिगत प्रतिबद्धताहरु सार्वजनिक गर्ने निर्णय गरेको छ ।


प्रदेशको लगानी सम्मेलन यही बैशाख १८ र १९ गते विराटनगरमा आयोजना हुँदै छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार