- मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकास अभ्यास, सम्भावना र चुनौतीहरू साटासाट गर्दै आपसी सहकार्यका उपायमा छलफल गरिरहेका छन् ।
जनकपुर : महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको छ ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकास अभ्यास, सम्भावना र चुनौतीहरू साटासाट गर्दै आपसी सहकार्यका उपायमा छलफल गरिरहेका छन् ।
कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिवहरूले आ–आफ्ना प्रदेशका योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका छन् ।
मन्त्रीहरूले कार्यक्रमले प्रदेशहरूबीच सहकार्यलाई मजबुत बनाउने र भौतिक पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’