- विभिन्न संचारमाध्यममा मन्त्री साहको नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकासन र प्रसारण गरिएको समाचारप्रति मन्त्री साहको गम्भीर ध्यानाकर्षण भएको छ ।
जनकपुर : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले आफूमाथि लागेका कमिसन सम्बन्धी आरोपहरूलाई खारेज गर्दै ती आधारहीन, भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारेका छन् ।
विभिन्न संचारमाध्यममा मन्त्री साहको नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकासन र प्रसारण गरिएको समाचारप्रति मन्त्री साहको गम्भीर ध्यानाकर्षण भएको छ ।
मन्त्री साहले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा बनाईएको दाबी गरेका छन् ।
प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका–११ मा रहेको घुर्मि खोलामा तटबन्ध निर्माण सम्बन्धी योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ ।
मन्त्री साहका अनुसार हालसम्म उक्त योजनाको लागि वडा कार्यालयमा कुनै पत्राचार नभएको र उपभोक्ता समिति पनि गठन नभएकाले योजना बिक्री वा कमिसनको प्रश्न नै उठ्दैन ।
मन्त्री साहले जनमत पार्टी नेतृत्वको प्रदेश सरकार सुशासन र भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको मार्गमा रहेको उल्लेख गर्दै, पार्टीको लोकप्रियताले त्रसित केही समूहले मन्त्रीको चरित्र हत्या गर्न यस्ता आरोप लगाएको आरोप समेत लगाएका छन् ।
मन्त्री साहले यस प्रकारका समाचार प्रकाशन गर्दा यथार्थ र प्रमाणमा आधारित भएर मात्र प्रकाशन गर्न आग्रह गरेका छन् । मन्त्री साहले यदि आफूमाथि लगाइएको कुनै पनि आरोप प्रमाणित भएमा कानूनबमोजिम कारबाही भोग्न तयार रहेको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।