मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला
२०८१ चैत्र २१ विहिबार
- , उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
जनकपुर : मधेश प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको केही महिनादेखि तलब नपाएको विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन् । उनले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
साथै, उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीको प्रतिवद्धताअनुसार अब करार स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान हुने निश्चित भएकोले कार्यरत कर्मचारीहरूलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ ।
नेपाल चिकित्सक संघ, मधेश प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि गरेको पहलप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै धन्यवाद व्यक्त समेत गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।