बागमती प्रदेश सरकार असफल साबित भएको प्रतिपक्ष दलहरूको आरोप
२० चैत्र, २०८१, बुधवार
- प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् ।
मकवानपुर : प्रतिपक्ष दलहरूले बागमती प्रदेशको सरकार असफल साबित भएको टिप्पणी गरेका छन् ।
प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् ।
बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दलहरूले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको दाबी गरे ।
प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल राप्रपा, नेकपा एकीकृत समाजवादीले सरकारले आफ्नो कमीकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद् छल्ने कार्य गरेको बताएका हुन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्द्व स्थिति निम्तिन सक्ने सम्भावना देखिएको बताए ।
सरकारले हठात् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकार प्रदेशसभाबाट भागेर गैर जिम्मेवार ढंगबाट प्रस्तुत भएको छ ।’ उनले भने, ‘दलहरू बिच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्व दम्भ र निरङ्कुश शैली उदांगिएको छ ।’
सरकारको उक्त निर्णयले कार्यपालिका र व्यवस्थापिका बिचको दुरी बढाउने काम गरेको उनको आरोप छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरू विच भएको सहमति, गत असोजको ११÷१२ गतेको अविरल वर्षापछि राहत उद्धार र पुनःनिर्माण विषय आलटाल गर्ने काम गरेको उनले बताए ।
उनका अनुसार सरकारका कारणले आगामी बजेट अधिवेशनलाई पनि अनिश्चित दिशामा धकेलिने सम्भावना बढेको छ । दलहरू बिचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको उनले बताए । सरकारले गैर जिम्मेवार हर्कत छोडेर वार्ता र सहमति मार्फत अगाडी बढ्न उनले माग गरेका छन् ।
प्रमुख सचेतक ढकालका अनुसार सरकारले प्रदेशसभाको हिउँदे अधिवेशनमा ४ दिन बैठक संचालन गरेको छ । संसदको हिउँदे अधिवेशनमा पारित हुनु पर्ने ४ विधेयक पनि अन्योलमा परेको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।