लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन

२०८१ चैत्र १५ शुक्रवार
सारांश
  • राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरु आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाईन होटलहरुको अनुगमन गरेका हुन् ।

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।


राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरु आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाईन होटलहरुको अनुगमन गरेका हुन् । 


सो क्रममा धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित दर्जनौ लाइन होटलहरुमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए । 


उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए । आम नागरिक सरह होटलहरुमा पुगेएका मुख्यमन्त्री सिंहले ती होटलहरुको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको बताए ।


मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्कता भएको भन्दै ती सम्पूर्ण होटलहरुलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए । एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमि कमजोरी फेला परेमा सिँधा बन्द गर्ने चेतावनीसमेत दिए । मुख्यमन्त्री सिंहले बसका चालक र बस धनीहरुलाई कमिसनका लागि त्यस्ता होटलहरुमा बस नरोक्न समेत आग्रह गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार