पत्रकार माथि आक्रमण गर्ने, धम्क्याउने र नियोजित समाचार बनाउन थ्रेट गर्ने क्रम बढ्दो :आनन्द श्रेष्ठ

२०८१ चैत्र १३ बुधवार
सारांश
  • बुधबार प्रेस चौतारी नेपाल रामेछापले सो संगठनबाट केन्द्र र प्रदेशमा निर्वाचित भएका पत्रकारलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले व्यवस्था माथि नै नियोजित आक्रमण भइरहेको बताए ।

रामेछाप : वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले अहिले राजनीतिक दल, नागरिक संगठन र व्यवस्था प्रति नै आक्रमणको प्रयास भएको बताएका छन् । 


बुधबार प्रेस चौतारी नेपाल रामेछापले सो संगठनबाट केन्द्र र प्रदेशमा निर्वाचित भएका पत्रकारलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले व्यवस्था माथि नै नियोजित आक्रमण भइरहेको बताए । सामाजिक सञ्जालको दुरुपयोग गरी केही स्वार्थ समूहले समाज भड्काउने प्रयत्न गरेको उनको भनाइ छ । 


यसबाट देशलाई जोगाउन सचेत नागरिक लाग्नु पर्नेमा उनले जोड दिए । ‘समाजलाई प्रभाव पार्ने गरी केही मानिसहरू लागेका छन्, यसलाई पत्रकार र सचेत नागरिकले चिनु पर्छ, यसो गर्न सकिएन भने, राजनीतिक दल, व्यवस्था र राज्य नै कमजोर हुन्छ र प्राप्त उपलब्धि खतरामा पर्दछ’, उनले भने । 


डिजिटल प्लेटफर्मको दुरुपयोगका कारण अहिले पत्रकारिता क्षेत्र पनि निक्कै समस्यामा परेको उनले बताए । सामाजिक सञ्जालमा व्यक्तिले लेखेका कुरा, फैलाइएका अफवाह र समाज भड्काउने अभिव्यक्तिलाई पनि समाचार मान्न लाग्दा सञ्चार क्षेत्र र सञ्चारकर्मी समेते समस्यामा पर्न लागेको उनको भनाइ छ । यसले समाज भड्किने र पत्रकारिता क्षेत्र समस्यामा पर्ने उनले बताए ।

 
राजनीतिक दल भित्र पनि विभिन्न स्वार्थ समूहको चासो बढ्दै गएकोले त्यसबाट जोगिनु पर्ने उनको धारणा छ । पत्रकारलाई दबाब र प्रभावमा पारेर त्यस्ता मानिसहरूले चर्चामा आउने प्रयास गरिरहेको उनले बताए । ‘स्वतन्त्र रूपमा लेख्ने पत्रकारिताको धर्मलाई चुनौती दिँदै नियोजित रूपमा पत्रकार माथि आक्रमण गर्ने, धम्क्याउने र नियोजित समाचार बनाउन थ्रेट गर्ने क्रम बढ्दो छ’, उनले भने । 


यसबाट देश र पत्रकारिता क्षेत्रलाई जोगाउनु आजको चुनौती भएको श्रेष्ठले बताए । पत्रकारिता क्षेत्र मजबुत नहुँदासम्म व्यवस्थालाई मजबुत बनाउने कुरा निक्कै चुनौतीपूर्ण रहेको बताउँदै श्रेष्ठले स्थानीय, प्रदेश र संघीय सरकाले यसमा ध्यान दिनु पर्ने बताए । 


पत्रकारिता क्षेत्रमा अहिलेको पुस्तालाई टिकाउन र नयाँ पुस्ताको आकर्षण बढाउन राज्यले विशेष कार्यक्रम ल्याउन पर्ने उनको धारणा छ । ‘अन्यथा यो क्षेत्रमा लाग्ने मानिसको सङ्कट पर्छ, पत्रकारिता क्षेत्र संकटमा पर्दा व्यवस्था नै संकटमा पर्छ’, श्रेष्ठले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार