जनता समाजको मेरुदण्ड हुन् : सभामुख मण्डल

२०८१ फागुन २७ मंगलवार
सारांश
  • जनताको बलबुताले संघीयता हासिल भएर आज कोही मेयर, कोही मन्त्री, कोही प्रधानमन्त्री, त कोही राष्ट्रपति बनेको भन्दै उनले जनप्रतिनिधीहरुलाई जनताप्रतिको उत्तरदायित्व नबिर्सन आग्रह गरे ।

जनकपुर : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजको मेरुदण्ड भएको बताएका छन् । धनुषाको धनुषाधाम नगरपालिकामा ‘जनतासंग सभामुख’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
जनताको बलबुताले संघीयता हासिल भएर आज कोही मेयर, कोही मन्त्री, कोही प्रधानमन्त्री, त कोही राष्ट्रपति बनेको भन्दै उनले जनप्रतिनिधीहरुलाई जनताप्रतिको उत्तरदायित्व नबिर्सन आग्रह गरे ।


उनले संविधानले दिएको व्यवस्थाको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै भने, ‘हाम्रो व्यवस्थाले अहिले जनतालाई सबै अधिकार दिएको छ तर चुनावका बेला सबैलाई खुसी पार्ने गरी मतदान गर्दा परिणाम खिचडी जस्तो देखिएको छ । अब स्पष्ट बहुमत दिने निर्णय गर्नुपर्छ, जसले काम गर्दैन, उसलाई जनताले कडा सजाय दिनुपर्छ ।’


त्यस्तै, सभामुख मण्डलले धनुषा क्षेत्रका स्थानीय सरकार प्रमुखहरूसँग सहकार्य गर्न कठिनाइ भएको अनुभव सुनाए । उनले भने, मेरो क्षेत्रमा पाँच वटा नगरपालिका छन्, तर कतिपय मेयरहरु फोन नै उठाउँदैनन् । काम गर्न नमिल्नेहरूसँग पनि समन्वय गर्नुपर्छ, किनभने मिल्नेहरूसँग त सबै मिल्छन् ।


कार्यक्रममा नागरिक समूहका अगुवाहरूले स्थानीय समस्याका बारेमा आफ्नो धारणा र प्रश्नहरु सभामुख मण्डल सामू राखेका थिए ।


उनीहरुको प्रश्नको उत्तर दिँदै सभामुख मण्डलले जनताको समस्या समाधान गर्न प्रदेशसभा प्रतिवद्ध रहेको बताए । ‘हामी जनताको लागि काम गरिरहेका छौँ, तपाईंहरूको विश्वास र आशीर्वादले म सभामुख बनेको हुँ,’ उनले भने ।


धनुषाधाम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, प्रदेश सभाका सचिव तथा कर्मचारी, नागरिक समाजका अगुवा, बुद्धिजीवी र स्थानीय जनताको उपस्थिति रहेको थियो ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार