मधेश प्रदेशको अवस्था दयनीय भयो, डिप्रेसन हुन लागें : मन्त्री यादव

२०८१ फागुन २० गते मंगलवार
सारांश
  • मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८१को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशको अवस्था नाजुक हुँदै गइरहेकोमा आफू असन्तुष्ट रहेको बताए ।

जनकपुर :  मधेसको भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव प्रदेशको दयनिय अवस्थाप्रति आफैं असन्तुष्ट रहेको बताएका छन् ।


मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८१को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशको अवस्था नाजुक हुँदै गइरहेकोमा आफू असन्तुष्ट रहेको बताए ।


उनले आफू मधेसको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मात्रै होइन् मन्त्री भएपनि सन्तुष्ट हुने ठाउँ नरहेको बताए ।


‘म आफै मन्त्री छु, तर सन्तुष्ट छैन’, मन्त्री यादवले भने, ‘म केही दिन अझै यही अवस्थामा मन्त्री रहे डिप्रेशनको शिकार हुन्छु जस्तो लागिरहेको छ ।’ प्रदेशको अवस्था दयनीय हुनुमा कुनै एक पक्षको मात्रै गल्ती नरहेको उनको भनाई थियो ।


उनले यहाँका राजनीतिक दलहरु दोषी रहेको आरोप लगाउँदै दलहरुमा इमान्दारिता नरहेकैले प्रदेशको यो हविगत भएको बताए ।


उनले भने ‘यो अवस्था देखेर कति पटक मुख्यमन्त्रीजीलाई भेटेरै भनेको छु अवस्था सुधार्न पहल गर्नुस नभए म मन्त्री पदबाट ब्याक हुन तयार रहेको भनेको छु ।’ अगाडी भने ‘यदि अवस्था सुधार नभए आफ्नो ठाउँमा हल्ला खल्ला गर्ने कोही अरुलाई पठाईदिन्छु समेत मुख्यमन्त्रीजीलाई भनेको छु ।’


प्रदेश बिग्रिदै जानुमा मात्र एक पक्षको नभई सबै पक्षको हात रहेको उनले आरोप लगाए । 
उनले भने ‘पत्रकारहरुको मलाई फोन आउँछ, तपाईको मन्त्रालयबाट विज्ञापन आएन निगेटिभ समाचार छापि दिन्छु भन्दै धम्काउँछन् । फेरी पत्रकारहरुबाट सबै डराउँछन् पनि । यो एउटा उदाहरण मात्रै हो यस बाहेकका अन्य धेरै कारण छन् प्रदेशको अवस्था दयनिय हुँदै जानु्मा ।’

 

 

 

 

 

 

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार