- उक्त महोत्सवको आज यहाँ आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरे ।
कर्णाली, ५ फागुन : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ सुरु भएको छ । उक्त महोत्सव तीन दिनसम्म चल्नेछ ।
उक्त महोत्सवको आज यहाँ आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरे । ‘ऋति फाउन्डेसन’ले कर्णालीको समग्र क्षेत्रको पहिचान सम्बन्धी जानकारी दिन र प्रदेशको सम्भावना केलाउने उद्देश्यले महोत्सवको छैटौँ संस्करण आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेल, कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री गमता विक, सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीलगायतले छलफलको उत्सवका रुपमा सञ्चालन हुँदै आएको कार्यक्रमले कर्णालीलाई नेपाल तथा विश्वमा चिनाउन सहयोग पु¥याएको बताए ।
उत्सवको पहिलो दिन आज राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुति)ले ‘मान्ठ र मइडो’का बारेमा बोल्नेछन। कार्यक्रममा एक हजार ३०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’